पोखरा गुरुकुलमा सम्पदा ब्याण्ड

पोखरा गुरुकुलमा सम्पदा ब्याण्ड

478
0
SHARE

पोखरा १७ पौष २०७४
सन्तोष बस्याल

नयाँ वर्ष २०१८ को स्वागत सहित पोखरामा सम्पदा ब्याण्डले शास्त्रीय संगीत प्रस्तुत गरेको छ । पोखरामा संगीत क्षेत्रमा योगदान पुराउदै आएको गुरुकुल संगीत प्रशिक्षण केन्द्रले सोमबार आफ्नै सस्थामा आयोजना गरेको एक कार्यक्रममा उक्त ब्याण्डले आफ्नो प्रस्तुती राखेको हो ।

राग मधुमास साराङ बाट सुरुवात भएको उक्त कार्यक्रममा ” हेर न साथी गुरास फुलेको गुरास सङ्गै भमराहरु क्या राम्रो नाचेको ” बोलमा धुन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्पदा ब्याण्डका सम्योजक नेपाल ललितकला क्याम्पसका तबला विषयका प्राध्यापक प्रशुराम पौडेल , बासुरी बाट पिएचडी गर्नुभएका डा निरण्जन भण्डारी र ललितकला क्याम्पसका सितार विषयका प्राध्यापक राम कुमार अर्यालले सम्युक्त रुपमा आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सम्पदा ब्याण्डका सम्योजक एवम नेपाल ललितकला क्याम्पसका तबला विषयका प्राध्यापक पर्शुराम पौडेलले नेपालमा शास्त्रीय संगीतका विध्यार्थी नगन्य मात्रमा भएको र एक अर्थमा खडेरीनै लागेको चिन्ता व्यक्त गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताउनु भयो । उहाले नेपालमा पनि शास्त्रीय संगीत पढेर नाम र दाम दुवै कामाउन सकिने बताउदै अझै गायन सङ्सङ्गै बाध्यबादनमा पनि नेपालमा धेरै आवश्यकता खड्किएको जिकिर गर्नुभयो ।

पोखरामा रहेर गुरुकुलले शास्त्रीय संगीतका निम्ती गरेका कामहरु अतुलनिय रहेको बताउदै पौडेलले यसका लागि विश्व विद्द्यालय अन्तरगतनै रहेर सेलेवल्स अनुसार शिक्षा प्रकृयामा टेवा पुराउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै त्रिबेणी संगीतालयका प्रशिक्षक नवराज बरालले आफुले पोखरामा पनि शास्त्रीय संगीत सँग सम्बन्धित रहेर गायन , बाधन र नृत्य विधा अब छिट्टैनै एउटा कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

गुरुकुलका सस्थापक सदस्य समेत रहनुभएका श्यामलाल श्रेष्ठ लगायतले बोल्नुभएको उक्त कार्यक्रममा गुरुकुलकै विध्यार्थी ममता गुरुङको जन्मदिन समेत मनाइएको थियो । उक्त कार्यक्रमको सन्चालन भने गुरुकुलकै प्रशिक्षक तिर्थराज पोख्रेलले गर्नुभएको थियो ।

LEAVE A REPLY