“द नेक्स्ट” मा अष्ट्रेलिया जाने विध्यार्थीलाई परामर्श

“द नेक्स्ट” मा अष्ट्रेलिया जाने विध्यार्थीलाई परामर्श

340
0
SHARE

पोखरा ११ मङ्सिर २०७४

अध्ययनका लागि अष्ट्रेलिया जाने चाहना सबैको हुन्छ । चाहना मात्र भएर पनि हुँदैन । त्यसलाई पुरा गर्न सक्ने सामर्थ्य आफुमा पनि हुन जरुरी छ । चाहना र सामर्थ्य सहित उचित परामर्श पनि मिल्यो भने अष्ट्रेलिया जाने सपना जो कोहीको पनि पुरा हुन सक्छ । यसैक्रममा पोखराको चिप्लेढुङ्गा शिवतारा कमप्लेक्समा अवस्थित “द नेक्स्ट एजुकेशन कन्सलटेन्सी प्राली” ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विध्यार्थीलाई लक्षित गरी सोमबार परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

अष्ट्रेलिया ईन्स्टिच्युट अफ बिज्नेश टेक्नोलोजी (एआई बिटी) का सिनियर बिज्नेस डिभेलपमेन्ट म्यानेजर माईकल मुन्स्टकले अष्ट्रेलिया र त्यहाको व्यावस्थापन पक्ष बारे जानकारी दिदै भिषा प्रणालीमा भएको परिवर्तन लाई ख्याल गर्दै अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विध्यार्थीले समयको सदुपयोग गरी लाभ उठाउन आग्रह गरे । यस्तै कार्यक्रममा बिज्नेस डिभेलपमेन्ट म्यानेजर राजु रेग्मीले अध्ययनका लागी द नेक्स्ट बाट अष्ट्रेलिया गएका हरकोही विध्यार्थी खुशी रहेको जानकारी गराउदै अष्ट्रेलियामा आईटी , नर्सिङ ,अकाउन्टिङ , ईन्जीनेयरिङ्ग , फेशन डिजाईनर जस्ता बिषयमा अध्ययनका लागि नेपाली विध्यार्थी जाने गरेको बताउनुभयो ।

विगत १३ वर्षदेखी निरन्तर शैक्षिक परामर्श गराउदै आएको “द नेक्स्ट एजुकेशन कन्सलटेन्सी प्राली” ले पोखरामा आफ्नो शाखा विस्तार गरी चिप्लेढुङा शिवतारा कम्प्लेक्स ( देउराली होटलको अपोजिट) दोश्रो तलाबाट अध्ययनका लागि अष्ट्रेलिया र न्युजल्याण्ड जान चाहने विध्यार्थीलाई लक्षित गरी परामर्श गर्दै आईरहेको उक्त कन्सलटेन्सी पोखराका ब्रान्च म्यानेजर सुशिल भटराईले जानकारी गराउनुभयो । करीब २ घण्टा समयको उक्त परामर्श कार्यक्रममा विध्यार्थीको उल्लेखनिय सहभागीता रहेको थियो ।

LEAVE A REPLY