नुर गंगा प्रतिभा पुरस्कार २०७३ को घोषणा

नुर गंगा प्रतिभा पुरस्कार २०७३ को घोषणा

174
0
SHARE

 

पोखरा १ मङसिर २०७४

नुर गंगा प्रतिभा पुरस्कार २०७३  को औपचारिक घोषणा गरिएको छ । गत कार्तिक २८ गते बसेको नुर गंगा प्रतिभा पुरस्कार गुठीको सधारणसभाले उक्त पुरस्कारको घोषणा गरेको हो ।

विभिन्न ५ बिषय अन्तरगत राष्ट्रिय स्थापित लोकगायन श्री यज्ञराज उपाध्याय अछाम र श्री पुरुषोतम न्यौपाने स्याङ्जालाई संयुक्त रुपमा रु १ लाख नगद र प्रमाण पत्र सहित सम्मान गरिदै छ । यस्तै लुम्बिनीको स्थापित साहित्य पुरस्कार बाट मोहरिया गाउ गुल्मी निवासी श्री ठाकुरप्रसाद शर्मा भण्डारीलाई रु २५ हजार र प्रमाण पत्र सहित ,नुरगंगा राष्ट्रिय बालसाहित्य नवप्रतिभा पुरस्कार बाट बज्रयोगिनी ९ साखु काठमान्डौकी श्री विज्ञता कार्कीलाई रु १५ हजार र प्रमाण पत्र सहित ,लुम्बिनी अञ्चल स्थरिय लोकगायन नवप्रतिभा पुरस्कार बाट गैंडाकोट ९ नवलपरासी निवासी श्री दिपक खडकालाई रु १५ हजार र प्रमाण पत्र सहित सम्मान गरिदै छ भने हरेक वर्ष गरिदै आईरहेको विगत वर्षहरुमा जस्तै यस वर्ष पनि श्रष्टा सम्मान वरिष्ठ लोकगायक श्री प्रेमध्वज प्रधान लाई सम्मान गरिने आयोजकले उल्लेख गरेको छ । कार्यक्रम कहाँ कहिले हुने सम्बन्धमा भने पछी जानकारी गराइने आयोजकले जनाएको छ ।

यसैक्रममा पुरस्कार प्राप्त गर्ने एक श्रष्टा लोकगीत तथा लोकदोहोरी गायक पुरुषोतम न्यौपाने पोखरामै रहेर लोकसङ्गीत प्रती निरन्तर लागि पर्नुभएको छ । उहा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको पुर्व अध्यक्ष समेत हुनुहन्छ भने हाल उहा रेडियो नेपालमा समेत कार्यरत हुनुहुन्छ ।

LEAVE A REPLY