पोखरिय नगरपालिका वडा ६ पर्सामा निशुल्क स्वास्थ शिविर

पोखरिय नगरपालिका वडा ६ पर्सामा निशुल्क स्वास्थ शिविर

649
0
SHARE

पर्सा  २९ कार्तिक २०७४

सामाजिक रुपान्तरणमा युवा अभियान मुल नाराका साथ पोखरिय नगरपालिका वडा न ६ पर्सा जिल्लामा स्वास्थलाई लक्षित गरी कार्तिक २५ गते शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । ३०० जना बिरामीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको आयोजना नेपाल जापान कोलाबरेसन र हाम्रो दृष्टि राम्रो दृष्टि सस्थाले संयुक्त रुपमा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडा न ६ का अध्यक्ष सिमानन्द प्रसाद चोहानले यस्ता खालको शिविरले सामाजिक सचेतनाका साथै सस्थागत दायित्वको पनि पहिचान गराउने बताउनुभयो । कार्यक्रममा भगवान दास ,डा प्रशान्त शाह ,प्रमानन्द यादव ,रियाज खान ,सन्जु दास ,सविना अधिकारी ,अस्मिता पौडेल ,सर्मिला मल्ल ,दुर्गा चौधरी ,मनिषा महर्जन अतिथीको आगमान भएको थियो । कार्यक्रम समाजसेवी बसन्त गैरेको सभापतित्वमा भएको थियो ।

LEAVE A REPLY