बिबी बसन्त, दुर्गाले तताए भ्वाईस अफ त्रिबेणी

बिबी बसन्त, दुर्गाले तताए भ्वाईस अफ त्रिबेणी

315
0
SHARE

पोखरा २७ कार्तिक २०७४

पोखरा आँफैमा साङ्गीतिक थलो हो । पोखरा झलकमान गन्दर्व,बुद्दी परियार ,धर्मराज थापा ,अरुण थापा , सरोज गोपाल बज्राचार्य, हरिदेवी कोइराला , बाबा राणा , प्रजापती पराजुली ,पुरुषोतम न्यौपाने ,पदमराज ढकाल , सुनिल थापा ,श्यामशुङ तमाङ , अमृत गुरुङ ,बसन्त सापकोटा , विवेक श्रेष्ठ ,रामभक्त जोजिजु ,बिनोद बानिया,धर्मेन्द्र सेवान ,दुर्गा परीयार लगायतका कलाकारहरुको शहर हो । जहाँ हरेक दिन र समयमा संगीत गुन्जीरहन्छ । त्यसैले त पोखरा संगीतको खानि हो । यहीबाटनै नाम चलेका कतीपय कलाकारहरुको साङ्गीतिक जीवनीको सुरुवात भएको पाईन्छ । तथापी सोही परिवेश र साङ्गीतिक पथको यात्रामा अहिलेका युवाहरु पनि होमिएको पाईन्छ । कतीले पोखरामै रहेर साङ्गीतिक जीवनयापान गरिरहेकै छन । संगीत साहित्य र कला सँग सम्बन्धित काम गर्ने सस्था पनि दिनानुदिन बढ्दै गएको पाईन्छ ।

यसैक्रममा संगीत क्षेत्रमा विगत २ दशक भन्दा बढी समय देखी सकृय सस्था त्रिबेणी संगीतालय न्युरोड पोखराले आफ्नो नियमित कार्यक्रम अन्तर्गत गएको शनिबार ूभ्वाईस अफ त्रिबेणी २०७४ू नामक कार्यक्रम भव्य रुपमा सफल गरेको छ । जसमा नेपालका चर्चित साङ्गीतिक हस्तीहरु बिबी अनुरागी , बसन्त सापकोटा , भाष्कर ध्वज श्रेष्ठ ,दुर्गा परियार , नरजङ्ग गुरुङ लगयातका केही पोख्रेली कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । गीत सँगसङ्गै बिचबिचमा नृत्यको रौनकताले साच्चैनै कार्यक्रममा मसला थपिएको आभाष हुन्थ्यो । त्रिबेणी अक्षय कोष निर्माण गर्ने हेतुले प्रस्तुत गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी वरिष्ट लोक गायिका प्राज्ञ हरीदेवी कोइरालाले यस्ता कार्यक्रम गरेर त्रिबेणीले साच्चैनै पोखरामा लुकेर रहेका प्रतिभाको कदर गरेको र एक काल खण्डका कलाकार सँग अर्को काल खण्डका कलाकारहरुको संगीतको बाटो मार्फत भेट गराएकोमा धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभयो ।

निर्धारित समयभन्दा केही ढिलो सुरु गरेता पनि दर्शकको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रम सफल पार्न मुख्य प्रायोजनमा खिम कुमार गुरुङले साथ दिएका थिए भने मुख्य सहप्रायोजनमा अनुशिलन कला पाठशालाले सहयोग गरेको थियो । कार्यक्रम आफुले सोचेभन्दा राम्रो भई सम्पन्न भएको खुशी व्यक्त गर्दै आगामी समयमा पनि यस्तै कार्यक्रमले त्रिवेणी संगीतालयबाट निरण्त्रता पाउने अभिव्यक्ती प्रस्तुत गर्दै कार्यक्रमका सभापति एवम त्रिवेणी संगीतालयका संचालक, प्रशिक्षक नवराज बरालले प्रायोजक कलाकार दर्शकलाई धन्यवाद व्यक्त गरे । कारीब ३ घण्टा समयको अवधीमा पोखरा उध्योग बाणिज्य हलमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन भने मनकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY