162
0
SHARE

Untitled123हंगामा नेपाली पोखरा । माया प्रेममा धोका पाउँदाको पल कस्लाई पो सहन योग्य हुन्छ र यहि पीडालाई गीत माध्यम मा प्रस्तुत गरिएको छ “अन्तै नाता जोड्यौ भने सानू” मार्फत , बहुचर्चित गायक कृष्ण सुवेदी अनि बहुचर्चित गायिका देबि घर्ती को सुमधुर आवाजले गीतको भाबलाई अझै मझबुध बनाएको छ । पिर परेर आको बेला मा , स्याङ्जा मा घर छ मलाई के को डर छ , संगै जिउछु मर्छु भनेर ,मलाई सुहाउने भैन मेरि दुलही , जस्ता अत्यन्तै चर्चित गीतहरु बजारमा ल्याएर चर्चा कमाई सकेका लोक प्रिय गाएक कृष्ण सुवेदी को आफ्नै प्रस्तुतीमा यो गीत बजारमा आएको हो । जस्मा कृष्ण कै लय सृजना पनि रहेको छ । आफूलाई माया गर्ने मान्छेलाई धोका दिएर हतारमा निर्णय गरि अर्कै सङ्ग बिबाह बन्धनमा बाधिएर पछुताउन परेको कथालाई यस गीतमा चित्रण गरिएको छ । “अन्तै नाता जोड्यौ भने सानू” लगाएत अहिले एकै महिनामा कृष्ण सुवेदीका अन्य वटा गीत बजारमा पाउछौ ।  कृष्ण सुवेदी र शर्मिला गुरुङ्ग को स्वर मा पापिनी , कृष्ण सुवेदी र सावित्री जोसि को स्वर मा ” के म तिम्लाई भुल्न सक्छु र ” र कृष्ण सुवेदी र सावित्री जोसि को स्वर मा प्रदेशी को पीडा बजारमा छन् । अहिले को यो गीत अन्तै नाता बाट खुबै आशा गरेको बताउछन कृष्ण सुवेदी र यो गीतमा अहिले को ब्यस्त मोडेल सारिका के सि र कृष्ण रानाभाट को अभिनय देख्न सकिन्छ भने भावना म्युजिक सोलुसन ले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

LEAVE A REPLY