पोखरामा सत्यराजको मधुशाला साझ सम्पन्न

पोखरामा सत्यराजको मधुशाला साझ सम्पन्न

877
0
SHARE

सन्तोष बस्याल ,भाद्र २८

भनिन्छ नि नाम अनुसारको काम हुन जरुरी छ । कुनै व्याक्तीको परिचय उस्को स्वाभावले पनि दर्षाउछ । कर्म ,धर्म अनी मर्ममा विश्वास गर्ने हरुले मात्र आफ्नो परिचयको स्पर्शतालाई बुजेका हुन्छन । यसैक्रममा आफ्नो नाम जस्तै सङ्गीतको यथोचित सत्यता प्रस्तुत गर्दै गायक सत्यराज आचार्यले पोखराको एक सुमधुर अनी माधुर्यता माहोल बिच आफ्नो गजल एल्बम मधुशालाका सिर्जनाहरुलाई प्रस्तुत गरेका छन । पोखरामा सोमबार साझ माउन्ट कैलाश रिसोर्ट लेकसाईडको हलमा प्रस्तुत गरिएको सिग्नेचर प्रिजेन्ट “मधुशाला” साझमा सत्यले आफ्नो बुवा भक्तराज आचार्यका चर्चित गीत र गजल सङ्गसङ्गै आफ्नो एल्बम मधुशालामा रहेका गजलहरु पनि प्रस्तुत गरेका थिए ।hungamanepali-2

के हो “मधुशाला” ? “मधुशाला” को वास्तविक नेपाली अर्थ “भट्टी” भन्ने बुजिन्छ जस्लाई गायक सत्यराज आचार्यले आफ्नो गजल एल्बमको मुख्य नामकोनै स्वरुप दिएका छन । भट्टीमा नशाको मात सङ्गै प्यास मेटाउन खोज्ने हरुको साङ्गीतिक प्याला पनि बन्न सक्छ “मधुशाला” । यसैक्रममा गायक सत्यले पोखरामा पनि आफ्नो मधुशाला द्वरा दर्शकको सेवा गर्ने मौका पाएका छन । आफ्नै शब्द संगीत र स्वर रहेको सत्यको मधुशालामा ८ वटा गजल समावेश गरिएको छ । जस्मा “मधुशाला,काली ,आज एउटा ,याद तिम्रो ,आउ तिमी ,नचलाऊ मलाई,जिन्दगीको,हामी पनि ” जस्ता गजलहरु समावेश छन । सिग्नेचर द्वरा आयोजना भएको उक्त कार्यक्रममा सत्यले आफ्ना बुवाका अत्यन्तै लोकप्रिय राष्ट्र भावनाको गीत “जहा छन बुद्दका आँखा” गाएर कार्यक्रमको श्रीगणेश गरे । यस्तै उन्ले उक्त गीत पश्चात एउटा पुरानो नेपाली गजल गाएर आफ्नो मधुशाला को ढोका उघारे । जहाँ धेरै पोख्रेली व्यावसायीहरुको आग्मन भएको थियो । त्यसपछी आफ्नै “मधुशाला” मार्फत सेवा गरेका सत्यले बुवाको अर्को चर्चित गीत ” मुटु जली रहेछ ” पनि गाउन छोडेनन ।hungamanepali-3

लाइभ म्युजिकका साथमा आफ्ना सुमधुर सुरिलो स्वरबाट त्यहा उपस्थित सम्पूर्णको मन जितेका सत्यलाई बाध्यबादनमा रोशन शर्मा ,उमेश पन्डित ,विपी सिंङ ,शम्बु बानिया ,महेन्द्र कुमार र दिवशिस तमाङको साथ मिलेको थियो । यस्तै सुभाष प्राधान उक्त कलाकार टिमका म्यानेजर थिए । कुबेर बाहदुर सिङको इभेन्ट म्यानेजमेन्टमा भएको उक्त कार्यक्रमको बिचमा सत्य आँफैले चुटकिला भनेर पनि हसाउदथे ।hungamanepali-4

आफ्नो भाई स्वरुपराज आचार्यकै कारण एल्बमको नाम “मधुशाला” राख्न सफल भएको बताउने सत्यले उक्त गजल एल्बममा समावेष गरिएका ३ गजल “मधुशाला ,काली र आज एउटा खाम “को म्युजिक भिडियोलाई पनि युटियुब मार्फत सार्वजनिक गरीसकेका छन । जस्मा पहिलो गजल “मधुशाला” मा उनी आँफैले निर्देशन सहीत अभिनय पनि गरेका छन भने “काली र आज एउटा खाम” गजलमा क्रमश : भुषण दाहाल र दिपेश रेग्मीको निर्देशनमा सत्यले अभिनय गरेका छन । विश्वमा सम्भवत गजलको ईतिहासमा एउटै श्रष्टाद्वारा लेखन ,सङ्गीत तथा गायन गरिएको प्रथम एेतिहासिक ‘गजल एल्बम ” मधुशाला नै रहेको उनको दाबी समेत छ । अब उनी यही गजललाई लिएर वल्ड रेकर्ड राख्ने त्यारीमा पनि छन ।hungamanepali-5

गायन सङ्गसङ्गै नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो अभिनय मार्फत दर्शक स्रोताको मन जितेका सत्यले “आचार्य ,कर्कश ” मा आफ्नो भूमिका निर्वाह गरिसकेका छन । यस लगतै अब छिट्टैनै निर्माण हुन लागेको चलचित्र “हैरान” मा पनि सत्यराजको एउटा भूमिका हुनेछ । जस्का लागी उनी अनुबन्धीत भईसकेका छन । मधुशाला अहिले देश दौढाहमा छ ।

LEAVE A REPLY