छक्का पण्जाले हसाउने भो अष्ट्रेलियामा ,दर्शकको प्रखाईमा सेप्टेम्बर १८

छक्का पण्जाले हसाउने भो अष्ट्रेलियामा ,दर्शकको प्रखाईमा सेप्टेम्बर १८

341
0
SHARE

सन्तोष बस्याल ,भाद्र १३

तपाईंलाई हास्न मन छ । हास्नको लागी तपाईं केके गर्नुहुन्छ ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप्टेम्बर १८ मा हास्नु पर्ने छ । चर्चित हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त निर्माण रहेको चलचित्र “छक्का पण्जा ” अष्ट्रेलियामा प्रदशन हुने थाहा पाएपछी त्यहा भएका नेपालीहरु प्रखाईमा छन सेप्टेम्बर १८ को । उक्त तारिकमा ब्रिस्बेन सिटीमा प्रदशन हुने चलचित्र हेर्नका लागी अहिले देखीनै टिकट बुकिङ्ग भईरहेको छक्का पण्जा को वितरण र मार्केटिङको जिम्मा लिएको अष्ट्रेलियाको मास्टर इभेन्टले जानकारी दिएको छ ।

दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र “छक्का पण्जा” मा नेपालका चर्चित हास्यकलाकार दिपकराज गिरी ,जितु नेपाल ,केदार घिमिरे बुद्धी तमाङ र शिवहरी पौडेलको हास्य प्रस्तुती सहितको अभिनय भएकाले पनि दर्शकको रोजाइको प्रखाईमा छ भन्ने अनुमान गर्न सकिन्छ । यस्तै नेपालकी चर्चित नायिका प्रियान्का कार्कीको ग्ल्यामर्स लूक्स र अभिनयले दर्शकको मन पर्फुल्ल नपार्ने कुरै हुँदैन । फेरी सङ्गीत पनि उस्तै टिपिकल छ नि । सुर्के थैली गीतले १ करोडको सर्वाधिक्ता पाएलगतै चर्चाको शिखरमा रहेका संगीतकार राजनराज शिवाकोटीकै संगीत र आवाज रहेको छक्का पण्जा को “पूर्व पश्चिम रेल “लाई युटियुबमा अप्लोड गरेलगतै ४ महिनाको अन्तरालमा २५ लाख भन्दा बढीले हेरेका छन । यस्तै सोही चलचित्रमा संगीतकार दिपक शर्माको संगीत रहेको अर्को गीत “देखन चम्पा सुनन चम्पा “लाई पनि १० लाख भन्दा बढीले हेरेका छन । मौलिक लय र लोक फेलेवरमा निर्माण गरिएको उक्त गीतहरुले चर्चा कमाउदै छन । Expert Education & Visa सर्भिस इभेन्ट पार्ट्नर रहेको उक्त कार्यक्रमलाई सफल पार्न त्यारी तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।

यस्तै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हसाउदैछ छक्का पण्जाले । ब्रीसबेनमा भने सेप्टेम्बर १८ मा एभेन्ट सिनेमा माएर सेन्टरमा प्रदशन हुँदै छ ।

LEAVE A REPLY