आखिर किन दिए दिपकराजगिरिले दिपाको जन्मदिनमा आशु उपहार ?(भिडियो हेर्नुहोस )

आखिर किन दिए दिपकराजगिरिले दिपाको जन्मदिनमा आशु उपहार ?(भिडियो हेर्नुहोस )

445
0
SHARE

२०७३ भाद्र ८ ,सन्तोष बस्याल

जन्मदिनको अवसरमा नेपालमा पनि सेलिब्रेटी हरु बिच शुभकामना आदनप्रदान गर्ने प्रचलन बढ्दो छ । जन्मदिनको शुभकामाना सङ्गै उपहारका लहरहरु पनि नआउने भने होइन । कहिले त्यही उपहारले खुशी दिन्छ अनी हासो छरीदिन्छ भने कहिले कसैबाट प्राप्त उपहारले आशुपनी दिन्छ । तर त्यो आशुमा दु:ख नभै सुख मिल्छ । भनिन्छ हर्षको आशुले जीवनलाई स्फुर्त र स्वच्छ बनाई आगढी बढाउछ । साथीको सम्बन्धको विस्तार गरी मिलेर काम गर्ने क्षमतामा उज्यालो किरण छाईदिन्छ । उपहार दिनैको लागी कुनै जिन्सी सामाग्रीनै दिनुपर्छ भन्ने छैन । मिठो वचन अनी दिल देखी “ह्याप्पी बर्थ डे टु यु ” भने पुग्छ । यसैक्रममा प्रदशनउन्मुख चलचित्र “छक्का पण्जा “की निर्देशक चर्चित हास्यकलाकार दिपाश्री निरौलाको ४२ वर्षको उमेरको जन्मदिनको शुभकामना दिदै दिपाको कर्मका जोडी दिपकराज गिरीले आशु उपहार दिएका छन । अब उनले यो उपहार रिसाएर दिएका हुन वा हर्षको आशु हो त्यो भने प्रशनको कुरा हो । तर यो पक्कै पनि कुनै दु:खको कुरा नभई हर्षनै थियो ।Hungamanepali

छक्का पण्जाका नायक दिपकराज गिरीले आफ्नो फेसबुक मार्फत दिपालाई जन्मदिनको शुभकामना दिदै लेखेका छन :

संघर्षका दिनमा तिमिवाट साथ पाँए
लडेर उठ्न खोज्दा तिमै हात पाएँ
दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ
संसारसँग लड्न सक्ने
यो साथि नै काफी छ ।

जुन कुराले दिपाको आँखाबाट आशु झर्यो तर त्यो कुनै दु:खमा झार्ने आशु नभएर खुशीको आशु थियो । दिपकले दिएको उपहार थियो उनका लागी । उसो त नेपाली कलाकारीताको क्षेत्रमा कर्मको हिसाबमा बेस्ट जोडी मान्दै अाईरहेका छन । कुनै सार्वजनिक समारोह वा पार्टी कार्यक्रम दुई मध्य कसैलाई एक्लै दिखियो भने । संचारकर्मीको नजरमा एउटा प्रश्न खडा भईनै हाल्छ । यही भाद्र २४ गते नेपालका सम्पूर्ण हलहरुमा रिलिज हुन लागेको चलचित्र “छक्का पण्जा “को सम्पूर्ण टिम तथा दर्शक सङ्गै दिपाले काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको गाईजात्रा पर्वमा मंगलबार सांँझ जन्मदिन मनाईन् । २०३२ साल भाद्र ७ गते बिराटनगरको कोशी अंचल अस्पतालमा जन्मिएकी दिपाश्री हिजोबाट ४२ बर्षमा लागिन् । टेलिफिल्म ‘तितो सत्य’मा प्रवेस गरेपछि दीपाले कहिले पछाडी फर्किनु परेको छैन ।Hungamanepali

अझ भनौ भने त दिपकराज गिरीलाई आफ्नो राम्रो जोडीको रुपमा कर्म क्षेत्रमा पाएपछी यि दुवै कलाकारहरु कहिलै पछाडि फर्केका छैनन । सधैं एकले अर्कोलाई सपोर्ट गर्ने भएका र सरल स्वभावका कारणले पनि यो जोडीलाई दर्शकले रुचाइएका छन । यसैक्रम मा अष्ट्रेलियाको मास्टर इभेन्टको सम्योजनमा पनि त्यहाको विभिन्न शहरहरुमा “छक्का पण्जा ” यही सेप्टेम्बर १८ बाट प्रदशन हुँदै छ । अहिले प्रचार प्रसारमा जुटेको छक्का पण्जा टिमले यो चलचित्रलाई लिएर निकै आशावादी छ ।

दीपकले जन्मदिनको शुभकामना दिईरहँदा दीपाले के भनिन् त ? भिडियो हेर्नुस् ।

LEAVE A REPLY