मिडिया फुटसल प्रतियोगितामा आठ टिम क्वाटरफाइनलमा

मिडिया फुटसल प्रतियोगितामा आठ टिम क्वाटरफाइनलमा

379
0
SHARE

२०७३ श्रावण २२ हङ्गमानेपाली डटकम

लक्की मिडिया हाउसको आयोजनामा भएको प्रभु हाउजिङ अन्तर मिडिया फुटसल प्रतियोगिताको शनिबार भएका खेलमा विजयी हुँदै आठ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।पहिलो खेलमा चितवन पोष्ट दैनिकलाई पराजित गर्दै नारायणी अनलाइन विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा खेलकुद पत्रकार मंचले रेडियो अर्पणलाई, तेस्रो खेलमा कान्तिपुर मिडिया गु्रपले अभियान टिभीलाई, चौथो खेलमा साप्ताहिक सञ्जालले रेडियो त्रिवेणीलाई, पाँचौ खेलमा संचारपत्रदैनिकले क्रिष्टल टिभिलाई पराजित गरेको थियो ।

त्यस्तै आभास टेलिभिजन सहभागी नभएपछि हाम्रो एफएम सिधै आव ओभर पाएर अघिल्लो चरणमा पुगेको छ । हाम्रो एफएमले अव क्वाटर फाइनलमा यस अघि वाइ पाएको कालिका एफएमसँग खेल्नेछ । अन्तिम खेलमा रिलेशन एफएमलाई पेनाल्टी शुट आउनमा २ का विरुद्ध ३ गोलले पराजित गर्दै मुकुन्दसेन टेलिभिजन क्वाटर फाइनलमा प्रवेश गरेको छ । क्वाटर फाइनलका सवै खेलहरु आगामी शनिबार हुने आयोजकले जनाएको छ ।खेलको उद्घाटन प्रमुख अतिथि स्पोर्टस फर अल क्लवका अध्यक्ष लोकबहादुर शाहीले गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरे, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल, कार्यक्रम संयोजक राहुलकुमार सिंह, खेलकुद पत्रकार मंच चितवनका अध्यक्ष विनोदबाबु रिजाल,ब्रदर्श फुटसलका संचालक रोशन गुरुङ, लक्की मिडिया हाउसका पोष्ट प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ पासा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।उद्घाटन कार्यक्रम लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की लक्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्रोत : लक्की मिडिया हाउस

LEAVE A REPLY