फुटसलमा १५ टिम सहभागि हुँदै

फुटसलमा १५ टिम सहभागि हुँदै

371
0
SHARE

भरतपुर/लक्की मिडिया हाउस

चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको प्रमु हाउजिङ इन्टर मिडिया फुटसल प्रतियोगितामा कुल १५ टिमले सहभागिता जनाउने भएका छन् । विहीबार भरतपुरमा टिम विभाजन गरिएको हो ।मिडिया हाउसका एमडी हरि कार्की लक्कीका अनुसार यही साउन २२ गते शनिबार हुने इन्टर मिडिया फुटसल टुर्नामेन्टमा चितवन र नवलपरासीका टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइन माध्यम सहभागि हुँदैछन् ।

रिलेशन एफएम विरुद्ध मुकुन्दसेन टिभी, कान्तिपुर मिडिया गु्रप विरुद्ध अभियान टिभी, अर्पन एफएम विरुद्ध खेलकुद पत्रकार मंच चितवन, क्रिष्टल टिभीविरुद्ध सञ्चारपत्र दैनिक, चितवन पोष्ट विरुद्ध नारायणी अनलाइन, रेडियो त्रिवेणीविरुद्ध साप्ताहिक सञ्जाल र हाम्रो एफ एम विरुद्ध आभास टिभीवीच खेल हुने भएको छ । भएको टिम विभाजन क्रममा कालिका एफएमले वाइ प्राप्त गरेको छ ।

टुर्नामेन्ट आफैमा फरक खालको भएकाले सफल हुने कार्यक्रम संयोजक राहुल कुमार सिंहले बताए । टुर्नामेन्टको मुख्य प्रायोजनको रुपमा प्रभु हाउजिङ एण्ड प्रोपट्री डिलर्स रहेको छ । मिडिया हाउसले आगामी कार्तिक २३ गते एक भव्य कार्यक्रमका बीच बार्षिकोत्सव मनाईने प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

LEAVE A REPLY