आउनुहोस यस्सो माईण्ड फ्रेस गर्ने कि ?

आउनुहोस यस्सो माईण्ड फ्रेस गर्ने कि ?

364
0
SHARE

२०७३ श्रावण १४ ,सन्तोष बस्याल

माईण्ड फ्रेस गर्न तपाईं के के गर्नुहुन्छ । हामी त बुद्दीचाल खेल्ने गर्छौ । माईण्ड फ्रेस हास्यव्यङ्ग्य राष्ट्रिय मासिक पत्रीका न्युरोड पोखराको आयोजनामा पोखराको नबिन उच्च माध्यामिक विधालय गैह्रापाटनमा भईरहेको तेश्रो बुद्दीचाल प्रतियोगीता -२०७३ मा माइण्ड फ्रेस भईरहेको छ ।

यही श्रावण १४ गतेदेखी १६ गते सम्म सन्चालन हुने उक्त प्रतियोगीताको मुख्य उदेश्य कास्की लगायत पशिमान्चल क्षेत्रका बुद्दीचाल खेलाडीहरुको विस्तार एवम पहिचान रहेको छ ।Hungamanepali 2

शुक्रबार आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पशिमान्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले बुद्दीचाल एक आँफैमा एउटा मर्यादित खेल भएकाले यस्को स्थर उन्नती र विकासका लागी केही ठोस कदम भएता पनि कार्यन्वयन नभएको र अब यस्लाई खेलकुद संघले आफ्नो मुख्य दायारामा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले बुद्दीचाल प्रतियोगीताका लागी आवश्यक कदम पनि भईरहेको बताउनुभयो । यस्तै कार्यक्रममा  वरिष्ट आरबिटर श्याम सुन्दर ताम्राकार ,पुर्व बुद्दीचाल विजेता बुद्दिराज शर्मा ,फेवा टेलिभिजन र स्टेशन म्यानेजर हेमराज अधिकारी ,चल्चित्र धौलीका निर्देशक घनश्याम लामिछाने र प्रमुख अतिथी खगराज पौडेललाई दोशल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो । यस्तै बुद्दीचाल प्रतियोगीतालाई सफल पार्न सहयोग गर्ने व्याक्ती तथा सस्थालाई पनि सम्मान गरिएको थियो ।Hungamanepali 3

पशिमान्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यलय प्रमुख लक्ष्मण योगी ,जिल्ला खेल्कुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल ,बुद्दीचाल संघ नेपालका केन्द्रिय सदश्य बाबुराम पन्त सहितको उपस्थिती रहेको कार्यक्रममा बोल्दै माइण्ड फ्रेस हास्यव्यङ्य राष्ट्रिय मासिक पत्रीकाका प्रधान सम्पादक तथा चर्चित हास्यकलाकार पोख्रेली माग्ने बुढाको नाममा परिचित युवराज भन्डारीले यो कुनै व्यक्तीगत कमाईको लागी गरिएको कार्यक्रम नभई आफुपनी चेस खेलको पागल भएको हुँदा यस्को विकास अनी विस्तारको लागि आयोजना गरिएको बताए ।

रविन कुमार भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको उदघाटन सत्रको सन्चालन रेडियो अन्नपूर्णका प्रस्तोता सन्तोष बस्यालले गरेका थिए ।

LEAVE A REPLY