क्रिस्टियानो रोनाल्डोको लागि अर्को अवसर र भाग्य

क्रिस्टियानो रोनाल्डोको लागि अर्को अवसर र भाग्य

415
0
SHARE

२०७३ असार २६ ,निराजन पौडेल

क्रिस्टियानो रोनाल्डोले २००४ को युरोकपमा १९ वर्षको उमेरमा डेब्यू गर्दै पोर्चुगललाई फाइनलसम्म पुर्‍याउन सहयोग गरे ।घरेलु मैदानमा १२ वर्ष अघि सन् २००४ मा भएको युरोकपको फाइनलमा ग्रिससँग हारेर पोर्चुगलको मुटु तोडिएको थियो । सन् २००४ को युरोकप फाइनलमा रोनाल्डो १९ वर्षका मात्रै थिए । त्यसबेला र अहिले धेरै कुरा परिवर्तन भएको छ । उनको पोजिसन, जर्सी नम्बर (२००४ मा १७ त्यसपछि ७) र खेल शैली तर केही कुरा अहिले पनि उस्तै छ ।र, अहिले पोर्चुगल युरो २०१६ को फाइनलमा पुगेको छ र घरेलु टोली फ्रान्सविरुद्ध आज खेल्दैछ । दुई युरोपियन महारथीबीचको पछिल्ला नतिजा भने पोर्चुगलको पक्षमा छैन । उसले सन् १९७५ को मार्चदेखि अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन । त्यतिबेला मैत्रिपूर्ण खेलमा २-० को जित हात पारेको पोर्चुगलले त्यसयता फ्रान्सलाई हराउन नसकेको ४ दशक भइसकेको छ ।

पोर्चुगलले यसक्रममा सन् २००० को युरोको सेमिफाइनल र २००६ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । त्यसअघि ठूला प्रतियोगिता अन्तर्गत सन् १९८४ को युरोको सेमिफाइनलमा पनि पोर्चुगल फ्रान्ससँग हारेको थियो । रोनाल्डोले भने ‘फाइनलमा जे पनि हुन सक्छ, हामीलाई थाहा छ उत्कृष्ट विपक्षीसँग खेल्दै छौं, राम्रो राष्ट्रिय टिम हो फ्रान्स तर सम्भावना दुवै तर्फ छ । हामी दुवैका लागि यो खेल निकै कठिन हुनेछ । रोनाल्डोले पोर्चुगलका लागि केही जित्नु आफ्नो लामो समयदेखिको इच्छा भएको बताएका छन् । ‘यो मेरो लामो समयदेखिको सपना हो ।’ उनले भने ‘यदी मैले पोर्चुगलका लागि केही जिते भने त्यो ठूलो सफलता हुनेछ ।अहिले मेरा लागि अर्को अवसर र भाग्य आइपरेको छ । सबै कुरा राम्रो भयो भने आज राति म पोर्चुगलका लागि दोस्रो फाइनल खेल्नेछु, र जित दिलाउने छु ।

’रोनाल्डोले २००४ को युरोकपमा १९ वर्षको उमेरमा डेब्यू गर्दै पोर्चुगललाई फाइनलसम्म पुर्‍याउन सहयोग गरे ।घरेलु मैदानमा १२ वर्ष अघि सन् २००४ मा भएको युरोकपको फाइनलमा ग्रिससँग हारेर पोर्चुगलको मुटु तोडिएको थियो । सन् २००४ को युरोकप फाइनलमा रोनाल्डो १९ वर्षका मात्रै थिए । त्यसबेला र अहिले धेरै कुरा परिवर्तन भएको छ । उनको पोजिसन, जर्सी नम्बर (२००४ मा १७ त्यसपछि ७) र खेल शैली तर केही कुरा अहिले पनि उस्तै छ ।र, अहिले पोर्चुगल युरो २०१६ को फाइनलमा पुगेको छ र घरेलु टोली फ्रान्सविरुद्ध आज खेल्दैछ । दुई युरोपियन महारथीबीचको पछिल्ला नतिजा भने पोर्चुगलको पक्षमा छैन । उसले सन् १९७५ को मार्चदेखि अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन । त्यतिबेला मैत्रिपूर्ण खेलमा २-० को जित हात पारेको पोर्चुगलले त्यसयता फ्रान्सलाई हराउन नसकेको ४ दशक भइसकेको छ । पोर्चुगलले यसक्रममा सन् २००० को युरोको सेमिफाइनल र २००६ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । त्यसअघि ठूला प्रतियोगिता अन्तर्गत सन् १९८४ को युरोको सेमिफाइनलमा पनि पोर्चुगल फ्रान्ससँग हारेको थियो ।  रोनाल्डोले भने ‘फाइनलमा जे पनि हुन सक्छ, हामीलाई थाहा छ उत्कृष्ट विपक्षीसँग खेल्दै छौं, राम्रो राष्ट्रिय टिम हो फ्रान्स तर सम्भावना दुवै तर्फ छ । हामी दुवैका लागि यो खेल निकै कठिन हुनेछ ।’रोनाल्डोले पोर्चुगलका लागि केही जित्नु आफ्नो लामो समयदेखिको इच्छा भएको बताएका छन् । ‘यो मेरो लामो समयदेखिको सपना हो ।’ उनले भने ‘यदी मैले पोर्चुगलका लागि केही जिते भने त्यो ठूलो सफलता हुनेछ ।अहिले मेरा लागि अर्को अवसर र भाग्य आइपरेको छ । सबै कुरा राम्रो भयो भने आज राति म पोर्चुगलका लागि दोस्रो फाइनल खेल्नेछु, र जित दिलाउने छु ।’

LEAVE A REPLY